कोरोनाको उपचारमा रहेका बेला अस्पतालबाटै अमिताभ बच्चनको ट्वीट
एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा आफु र आफनो परिवारका सदस्यको चिन्ता गर्दै स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् । आइतबार ट्वीटरमार्फत अमिताभले सामाजिक सञ्जाल लगायतका माध्यामबाट आफ्नो र आफ्नो परिवारका सदस्यहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद दिँदै उनीहरुप्रति आभार व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्– ‘म लगायत अभिषेक, ऐश्वर्या र आराध्याका बारेमा चिन्ता व्यक्ति गर्ने सबैमा म हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।’ उनले आफुले सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिन असम्भव भएको भन्दै एकमुष्ठ आभार व्यक्त गरेका हुन् । उनले भनेका छन्– ‘म हात जोडेर भन्छु, तपाईहरुले दिएको मायाप्रति धन्यवाद छ ।’

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अमिताभलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । उनीसँगै छोरा अभिषेक बच्चन पनि अस्पतालमा भर्ना भएका छन् । आइतबार बिहान अभिषेक पत्नी ऐश्वर्या राय र छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ ।
त्यसलगत्तै अभिषेकले ट्वीटमार्फत जया बच्चन र घरका अन्य सदस्यहरुलाई भने कोरोना संक्रमण नेगेटिभ पाइएको बताएका थिए । उनले ऐश्वर्या र आरध्या भने क्वारेन्टाइनमा रहेन जानकारी दिएका छन् । अहिले अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण