‘मेस्सीले आफ्नो करियर बार्सिलोनामा नै अन्त्य गर्नेछन्’
बार्सिलोनाका अध्यक्ष जोसे मारिया बार्टोमेउले क्लबका स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नो करियर बार्सिलोनामा नै अन्त्य गर्ने आशा व्यक्त गरेका छन् । ३३ वर्षीय अर्जेन्टिनी खेलाडी क्लबसँग यो सिजनको अन्त्यसम्मका लागि मात्र अनुबन्धित छन् तर करार अवधि थप गर्ने बारे छलफल यतिबेला रोकिएको छ ।
मेस्सी आफू र क्लबको नेतृत्वसँग असन्तुष्ट रहेको समाचारहरु बाहिर आइरहेको बेला बार्टोमेउले खेलाडी र क्लबबीच भएको शुरुवाती छलफल सकारात्मक रहेको र मेस्सीले चाँडै करार सम्झौता थप गर्ने आशा व्यक्त गरेका हुन् । ‘हामीबीच छलफल भएको छ, त्यो जारी छ र यो जारी रहनेछ,’ उनले टीभी३ सँग कुराकानी गर्दै भने, ‘उनी यहाँ नै आफ्नो करियर अन्त्य गर्न चाहन्छन् । हामी अवश्य करार थप गर्नेछौँ । उनी यहाँ नै रहनेछन् भन्ने मलाई कुनै शंक छैन ।’
मेस्सीले हालसम्म यो सिजनमा उत्कृष्ट प्रदर्शंन गरिरहेका छन् । हालै मात्र उनी ला लिगाको एउटै सिजनमा २० वा सोभन्दा बढी गोल तथा एसिस्ट गर्ने पहिलो खेलाडी बनेका थिए । रियल भालाडोलिडविरुद्धको खेलपछि म्यानेजर क्वीके सेटिनले मेस्सीलाई अहिले आराम चाहेको स्वीकार गर्दै ला लिगाको उपाधि दौड अन्तिम चरणमा पुगिरहेको अवस्थामा मेस्सीलाई आराम भने दिन नसकिने बताए ।
सबै प्रतियोगितामा मेस्सीले २७ गोल गरेका छन् भने २५ वटा गोलको अवसर सिर्जना गरेका छन् । एकपछि अर्को कीर्तिमान भंग गरिरहेका मेस्सीले सन् २०२५ सम्म सक्रिय रुपमा फुटबल खेलिरहने लुइस गार्सियाले बताएका थिए ।
स्रोतः गोल डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

