आफ्नै घरेलु मैदानमा पराजित भएपछि मेस्सीले भने, ‘यस्तै हो भने हामी नापोलीसँग पनि हार्ने छौँ’
बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सन् २०१९–२० सिजनमा टोलीको प्रदर्शनको आलोचना गर्दै यसरी नै खेले च्याम्पियन्स लिगमा नापोलीसँग पनि पराजित हुने बताएका छन् ।
बिहीबार बार्सिलोनाले लिगको छैटौँ हार बेहोर्दा रियलले आफ्नो खेलमा जित हासिल गर्दै सन् २०१७ पछि को पहिलो लिग उपाधि जितेको थियो । क्वीके सेटिनको टोली भने आफ्नै घरेलु मैदानमा १० खेलाडीमा समिति ओसासुनासँग २–१ गोलअन्तरले पराजित भयो । जोसे अरिनाज र रोबर्टो टोरेजले मेस्सीको फ्रिकिकलाई ओझेलमा पारेका थिए । पराजयसँगै बार्सा अन्तिम खेलअघि रियललाई म्याड्रिडभन्दा ७ अंकले पछि परेको छ ।
खेलपछि मुभीस्टार प्लससँगको कुराकानीमा आफ्नो निराशा व्यक्त गर्दै बार्सिलोनाले नै आफ्नो चिरप्रतिद्वन्द्वीलाई उपाधि जित्न सहज बनाइदिएको मेस्सीले टिप्पणी गरे ।
६ पटकका बालोन डि ओर विजेताले यसरी नै खेलिरहे अर्को महिना अन्तिम १६ को खेलमा नापोलीलाई हराउनेमा पनि आशंका व्यक्ति गरे । बार्साले दोस्रो लेगमा लिस्बनमा खेलिने खेलमा नापोलीको सामना गर्नेछ । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
‘हामी यसरी सिजन सक्न चाहँदैन थियौँ तर यसले हाम्रो सिजन कस्तो रह्यो भन्ने प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘हामी निकै कमजोरी टोली थियौँ र हामीले धेरै अंक गुमायौँ । आजको खेल यो सिजनको सारंश हो ।’
‘हामीले धेरै कुरा बदल्नुछ । नापोलीसँगको खेल नजिकै छ,’ उनले भने, ‘च्याम्पियन्स लिगका चार खेलबाट हामी यो सिजनलाई पुरै बदल्न सक्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण