आफूभन्दा १० वर्ष कान्छा जोनाससँग विवाह गरेकी प्रियंकाका चर्चित ‘अफेयर्स’
एजेन्सी – प्रियंका चोपडा ३८ औं जन्मोत्सब मनाइरहेकी छिन् । थुप्रै मानिसहरु उनको प्रशंसक छन् । बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् ।
उनको निक जोनाससँग पहिलो प्रेम भने होइन । बलिउड आउनुअघि र पछि उनका थुप्रै प्रेम सम्बन्धले चर्चा पाएको छ ।
प्रियंकाको पहिलो प्रेम असीम मर्चेन्टसँग बसेको थियो । उनले बलिउडमा आउनुअघि असीमसँग प्रेम गाँसेकी थिइन् । तर, विस्तारै फिल्ममा चर्चा पाउन थालेपछि उनीहरुको सम्बन्धमा पूर्णविराम लाग्यो ।
असीमसँग सम्बन्ध टुटेकी प्रियंकाको अक्षय कुमारसँग नाम जोडियो । एकसाथ फिल्ममा देखिन थालेपछि उनीहरुको प्रेमको चर्चा निकै चल्यो । उनीहरु निकै नजिक भए । जसको परिणामस्वरुप निकै बोल्ड फोटोशुट समेत गराएका थिए ।
तर, उनीहरुको प्रेमको बीचमा अक्षयकी श्रीमती ट्विङ्कल खन्ना आइन् । उनले प्रियंकाको साथमा फिल्म खेल्न समेत बन्देज लगाइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी कायम गरे ।
त्यसपछि, प्रियंकाको पुनः हरमन बावेजासँग नाम जोडियो । उनीहरुले एकसाथ फिल्म समेत खेले तर फिल्म फ्लप भयो ।
यसका साथै, प्रियंकाको नाम शाहरुख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो । तर, यी अभिनेताहरुसँग उनको अफेयर चलेको हल्ला मात्रै हो वा वास्तवमै सम्बन्धमा रहेका थिए त्यो भने कसैले खुलेर बताएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण