किम जोङ उन अचानक एक निर्माणाधीन अस्पतालमा पुगे र बेस्सरी गाली गर्न थाले
उत्तर कोरियाली शासक किम जोङ उनले एक निर्माणधीन अस्पतालका म्यानेजरलाई बेस्सरी गाली गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरियाको राजधानी प्योंगयाङमा बनाउँदै गरिएको एक अस्पतालको भवनमा केही समस्याको विषयमा किम जोङ–उन बेस्सरी रिसाएका थिए । यसले कोरोनाभाइरसको महामारी र अमेरिकी प्रतिबन्धका कारण उत्तर कोरियामा आपूर्ति लगभग बन्द भएको संकेत दिएको अनुमान गरिएको छ ।
किम जोङ उन अचानक प्योङ्गयाङमा एक निर्माणाधीन अस्पतालमा पुगेका थिए । किमले यो प्रोजेक्टमा लापरवाहीको विषयमा खेद प्रकट गरे । किम एक नयाँ अस्पतालल बनाइरहेका छन् र उनी यसमा भएको लापरवाहीले निकै रिसाएको देखिए ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी अर्थात् केसीएका अनुसार पूरा प्रोजेक्टमा लापरवाही र बजेटमा गडबडीको विषयमा सबै जिम्मेवार अधिकारी फेरिएका छन् ।
मार्चमा नै किमले नयाँ अस्पताल बनाउने कुरा बताएका थिए । उनको देश आधुनिक मेडिकल सुविधाको कमीसँग जुधिरहेका छन् भन्ने बारे निकै कमले थाहा पाओस् भन्ने चाहना राख्छन् । किम जोङ उन आफ्नो देशको स्वास्थ्य सेवामा सुधार ल्याउने कोसिस गरिरहेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारीको अनुसन्धान सकियो, महानगरले प्रहरीलाई बुझायो प्रतिवेदन
-
बजेटमार्फत यातायात क्षेत्रलाई सम्बोधन गर्न व्यवसायीहरूको ध्यानाकर्षण
-
प्रधानमन्त्रीलाई भेटेपछि एकीकृत समाजवादीले भन्यो, ‘अर्को सरकार बन्ने निश्चित नभएसम्म यसैलाई निरन्तरता’
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
-
यस्तो छ शुक्रबार बस्ने संसद् बैठकको कार्यसूची
-
समाज कल्याण परिषद्को उपाध्यक्षमा माझी नियुक्त