भ्याक्सिनबारे डब्ल्यूएचओले भन्यो, ‘अझै लामो यात्रा गर्नुछ’
कोरोनाभाइरस भ्याक्सिनको विषयमा सकारात्मक परिणाम पाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसको स्वागत गरेको छ । यद्यपि, कोभिड–१९ को फैलँदो संक्रमणसँग लड्नका लागि अहिले पनि काम गर्न आवश्यक भएको डब्ल्यूएचओको ठहर छ ।
जेनेभामा एक पत्रकार सम्मेलनमा डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोनाभाइरसको भ्याक्सिन बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै भने, ‘यो सकारात्मक परिणाम हो तर अहिले लामो यात्रा तय गर्न बाँकी छ ।’
उनले अब वास्तविक दुनियाँको पनि व्यापक ट्रायल हुनुपर्ने आवश्यकता भएको बताए ।
कोरोनाको विषयमा हालसम्म संसारभरी २३ भ्याक्सिनमाथि काम चलिरहेको छ ।
डाक्टर रेयानले भने, ‘अत्यधिक डाटा र उपचार खोज्ने दिशामा धेरैभन्दा धेरै काम भइरहेको देख्नु राम्रो हो ।’
डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एदनहोम गेब्रेयासिसले कुनै पनि सफल भ्याक्सिन सबैको पहुँचमा हुनुपर्ने बताए ।
उनले थुप्रै देश भ्याक्सिन बनाउने दिशामा यसलाई एक अन्तरराष्ट्रिय सार्वजनिक सेवाको रुपमा हेरिरहेका छन् भने कुनै देश उल्टो दिशामा गइरहेका छन् ।
डब्ल्यूएचओका प्रमुखले भ्याक्सिनबारे भने, ‘जब यसबारे आम सहमति हुँदैन तब यो भ्याक्सिन पैसावालासँग मात्रै हुनेछ । जो गरिब छन्, जोसँग क्षमता छैन, उनीहरुले भ्याक्सिन पाउने छैनन् ।’
उनले भ्याक्सिनमाथि अनुसन्धान चलिरहेका बेला हामीहरुले जीवन बचाउनुपर्ने बताएका छन् ।
‘हामीले आफ्नो साधनमाथि काम गर्दै र त्यसलाई यथास्थानमा राख्दै भ्याक्सिनको अनुसन्धानको गती बढाउँदै लैजानुपर्छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण