चीनले कोरोना संकटको नाममा छिमेकीमाथि ध्वाँस देखाइरहेछः अमेरिका
अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले चीन कोरोना संकटमार्फत् आफ्ना छिमेकीमाथि ध्वाँस देखाइरहेको र साउथ चाइना सीमा सैन्य शक्ति बढाइरहेको आरोप लगाएका छन् ।
माइक पोम्पियोले मंगलबार राती लण्डनमा चिनियाँ कम्युनिस्ट पार्टीमाथि कोरोना महामारीमा संसारलाई मद्दत गर्नुको साटो छिमेकीमाथि दादागिरी देखाएको आरोप लगाएका छन् ।
बेलायतका विदेशमन्त्री डोमिनिक राबसँग छलफलपश्चात् एक पत्रकार सम्मेलनमा हरेक देशले अन्तरराष्ट्रिय सीमाको विषयमा अन्तरराष्ट्रिय व्यवस्थाको पालना गर्न पूरा विश्वले मिलेर काम गर्न आवश्यक भएको पोम्पियोले बताए ।
अमेरिकी विदेशमन्त्रीले एकपटक पुनः चीनमाथि महामारीको सुरुवाती अवस्थाबारे जानकारी लुकाएको आरोप लगाए ।
पोम्पियोले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले यो संकटलाई आफ्नो हितका लागि प्रयोग गर्नु लज्जास्पद हो ।’
साउथ चाइना सीको विवादित क्षेत्रमा चीनको दाबी बारे टिप्पणी गर्दै पोम्पियोले भने, ‘यसमाथि चीनले कुनै पनि हालतमा कानूनी दाबी गर्न मिल्दैनँ । चीनले आफ्ना छिमेकीलाई धम्काएर उनीहरुमाथि ध्वाँस देखाइरहेको छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण