'कोरोनाभाइरस खासमा ट्रम्प भाइरस हो'
अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) की प्रवक्ता तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनाभाइरसलाई ‘ट्रम्प भाइरस’ बताएकी छिन् ।
उनले यो कुरा महामारी संकटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी हुन् ।
न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयान पछि सार्वजनिक भएको हो जसमा उनले मानिसहरुलाई फेस मास्क लगाउन अपिल गरेका थिए र स्थिती थप विध्वंशकारी हुनसक्ने चेतावनी दिएका थिए ।
सीएनएनसँगको कुराकानीमा पलोसीले भनिन्, ‘राष्ट्रपतिको आजको बयान सुनेर यस्तो लाग्छ कि उनले आफ्नो गल्ती स्विकार गरेका छन् । मास्क लगाएर र मास्क लगाउन सल्लाह दिएर उनले यो रोग कुनै अफवाह नभएको स्विकार गरेका छन् । यो महामारी नियन्त्रणमा आउनुअघि विध्वंशकारी यसकारण भयो किनभने यसबारे कुनै कदम उठाइएन ।’
उनले भने, ‘वास्तवमा यो स्पष्ट रुपमा ट्रम्प भाइरस हो ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण