जाम्बियाका १५ सांसदलाई कोरोनाभाइरस सङ्क्रमण
एजेन्सी । कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।
स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा राखिएको जानकारी दिए । कोरोना अपडेट जानकारी गराउने क्रममा उनले सङ्क्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको पनि स्पष्ट पारे ।
उनले संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको बताए । जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ ।
कोरोनाभाइरसकाका कारण जाम्बियामा शुक्रबारसम्म ८३५ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण