शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महिलामाथि भएका अपराधका घटनाका दोषीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

आइतबार, ११ साउन २०७७, १६ : ११
आइतबार, ११ साउन २०७७

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरीए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाइएको घटना, निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पुग्दापनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको र हिट एण्ड रन मुद्दामा अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाई गरिएको र युवतीमाथित एसिड आक्रमणलगायतका घट्नाको विरोध गर्दै माथि उल्लेखित सबै घटनाका दोषीहरूलाई कारबाही गरिनुपर्ने माग गरेको हो । 

कार्यक्रममा नेपाल महिला संघकी महासचिव तथा पूर्व सांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घट्नाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै घट्नामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन् । 

उनले एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा कारबाही गरिनुपर्ने जोडदार माग गरिन् । त्यस्तै, आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैद पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले कैद मिनाह गरेको फैसलाप्रति उनले आपत्ति जनाईन् । सर्वोच्चको पछिल्लो फैसलाले देशमा न्याय मरेको आभाष भएको पनि उनको तर्क थियो । 

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदापनि महिलामाथि हिंसाका घट्ना नरोकिएको दुःख व्यक्त गरिन् । 
यसैगरी नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप