विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो (अपडेट)
एजेन्सी । विश्वमा सोमबारसम्म एक करोड ६४ लाख ३२ हजार ११० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार जानकारी दिएको छ ।
सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३४ हजार २५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ८ हजार ५९६ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख ८४ हजार ८४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ५३२ को मृत्यु भएको छ । एसिया ३९ लाख ५ हजार ४३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ५० हजार ६२८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८०८ जनाको मृत्यु भएको छ । ओसियानामा १६ हजार ६६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८३ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण