शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा पहिरोले पुरेर एक पुरुषको मृत्यु

मङ्गलबार, १३ साउन २०७७, १२ : ५७
मङ्गलबार, १३ साउन २०७७

पाल्पा । पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु¥याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताए । पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप