बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो (अपडेट)

शुक्रबार, १६ साउन २०७७, १५ : २०
शुक्रबार, १६ साउन २०७७

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । 

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ ।  उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ । 

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ ।  एशियामा ४२ लाख १८ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ ।   ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२२ जनाको मृत्यु भएको छ । एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप