सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता
सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक(हेल्थ असिटेन्ट) विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी रहेका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएको कार्यालयका सूचना अधिकारी कर्णबहादुर बोहराले बताए।
बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजीकार्यका लागि दिपायलबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेतीनदीमा पौडी खेल्ने क्रममा यस आर्थिक वर्षमा मात्रै चार जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण