७ जनामा कोरोना पुष्टि भएपछि कैलारीमा लकडाउन
कैलाली । कैलालीको कैलारी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि लकडाउन गरिएको छ । बुधबार बसेको गाउँपालिकाको बैठकले गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षण बाट वडा नं १ मा रहेको दिपेन्द्र मावि क्वारेिन्टनका भान्से, चौकीदार र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी लगायत ७ जनामा कोरोना पुष्टि भएको थियो । गाउँपालिकामा अनिश्तिकालिन लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले रातोपाटीलाई जानकारी दिए ।
संक्रमितको सम्पर्कमा रहेका व्यतिmहरु गाउँ र धनगढी बजारमा समेत छरिएका छन् । उनीहरुको पहिचान गर्न र स्वाब संकलन गरी चेकजाच नभएसम्म लकडाउन जारी रहने अध्यक्ष चौधरीले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकालाई लकडाउन गरेको वडा नं. ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले बताए । लकडाउनका बेला अत्यवाश्यक कामबाहेक घरबाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रह गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण