रुस भ्याक्सिनको विषयमा अघि नबढोस्ः डब्ल्यूएचओ
बुधबार, २८ साउन २०७७, ०८ : ०७
१
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’
भ्याक्सिन बनाउने जो सुकैले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ र भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ ।
गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण