‘सडक २’ सञ्जय दत्तको एक्सन अवतार
मुम्बई । निर्देशक महेश भट्ट फिल्म ‘सडक २’ सोशल मिडिया रिलिज गर्ने तरखरमा छन् । फिल्मको ट्रेलर समेत रिलिज गरिएको छ । ट्रेलरमा संजय दत्तकी पत्नी पूजा भट्टको निधन भैसकेको छ । पूजाको मृत्यपछि संजयको साथमा जिन्दगी जिउनुको खास कारण पनि रहेन । उनी आफ्नो बचेको जिन्दगी पूजाको यादमा बिताइरहेका छन् । यो अवस्थामा फिल्ममा आलियाको प्रवेश हुन्छ । आलिया जो आफु फेक गुरुहरुको भन्डाफोर चाहान्छिन् । उनी कैलास जान चाहान्छिन् ।
पूजा भट्टले आलियाको कैलाश यात्राको बुकिङ समेत गरेकी थिइन् । तर, पूजा नभएको कारण संजयले बिजनेस समेत बन्द गरेका छन् । फिल्म कहानीमा ट्वीस्ट तब आउँछ जब सञ्जय आलियालाई कैलाश पुर्याउन तयार हुन्छन् । फिल्ममा आलियाको प्रेमिको भूमिका आदित्य राय कपुरले निर्वाह गरेका छन् । फिल्म कथा अगाडि बढ्दै जाँदा आलियाको जीवनमा खतरा पैदा हुन्छ । सञ्जय आलियाको जीवन बचाउने जिम्मा उठाउँछन् । यसपछि सञ्जय दत्तको एक्सन अवसर देख्न सकिन्छ ।
ट्रेलरलाई सर्वसाधारणले खासै रेस्पोन्स दिएका छैनन् । फिल्मको कहानी पनि तानतुन बताइएको छ । फिल्ममा आलिया भट्ट, सञ्जय दत्त, आदित्य रायकपुरको मुख्य भूमिका रहेको छ । डिज्नी प्लस हटस्टारमा २८ अगस्ट रिलिज हुने फिल्म । फिल्ममा जिशु सेनगुप्ता, मकरंद देशपाण्डे, गुलशन ग्रोवर, प्रियंका बोस, मोहन कपुर र अक्षय आनन्द समेतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण