सञ्जयका लागि प्रार्थना गर्नुहोस्, अफवाह नफैलाउनुहोस् : मान्यता दत्त
बलिउड अभिनेता सञ्जय दत्त बिरामी भएको खबर बाहिर आएपछि उनको पत्नी मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् । बुधबार जारी गरिएको बयानमा सञ्जयको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
मान्यताले भनेकी छन्, ‘म सञ्जुका फ्यानहरुलाई आग्रह गर्न चाहन्छु कि कुनै अफवाह र समाचारमा विश्वास नगर्नुहोला । म चाहन्छु कि तपाईंहरु मात्र यसरी नै माया र साथ दिइराख्नुहोला । पछिल्लो कयौँ वर्षमा हाम्रो परिवारले कयौँ अप्ठ्याराहरु झेलेको छ र मलाई विश्वास छ कि यो समय पनि गुज्रने छ । सञ्जु र हाम्रो परिवार जहिले पनि योद्धा रहेको छ । भगवानले फेरि एक पटक हाम्रो सामु चुनौति खडा गरेर हाम्रो परीक्षा लिने फैसला गरेको छ ।’
‘यो समय हामीलाई तपाईंको आर्शिवाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी यसअघि जस्तै विजेता बनेर आउनेछौँ । यस अवसरको प्रयोग सकारात्मकता फैलाउन प्रयोग गर्नुहोला ।’
यसअघि सञ्जय दत्तले मंगलबार इन्सटाग्राममा एक पोष्ट सेयर गर्दै आफ्नो उपचारको लागि कामबाट ब्रेक लिने बताएका थिए । सञ्जय दत्त र उनको परिवारले उनलाई के स्वास्थ्य समस्या छ भनेर जानकारी दिएका छैनन् ।
केही दिनअघि उनलाई लीलावती अस्पतालमा भर्ती गरिएको थियो । सञ्जयले आफै ट्वीट गर्दै आफू अस्पतालमा भर्ती भएको र कोरोना परीक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण