किम जोङद्वारा सीमाका मुख्य शहरमा लकडाउन घोषणा
एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।
बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्वीकार नगर्ने जानकारी गराएका थिए । उनले सबै सीमा नाका बन्द गरिरहनुपर्नेमा पनि जोड दिनुभएको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
उत्तर कोरियाले कोरोनाभाइरस विरुद्ध आक्रामक रुपमा आफै लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तिब्रता दिएको बताइएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ ।सर्वोच्च नेता उनले महत्वकांक्षासहित गत बर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए ।
तर कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन् बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिए ।
नेता उनले यसअघि गत जुलाई अन्त्य तिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गरेका थिए । त्यसबेला धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिएको थियो । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण