बेलारुसका १० पत्रकारको रिहाइको माग

एजेन्सी । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा राखिएकोमा बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुखले शुक्रबार बताएका छन् । उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पु¥याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन् ।
महासङ्घका उपप्रमुख बोरिस गोरेत्स्कीले भने, “आफ्ना दश सहकर्मी अझै पनि बेलारूसको विभिन्न क्षेत्रहरुमा हिरासतमा रहेका छन् । बेलारूसमा विपक्षीहरूको आन्दोलनले व्यापक रूप लिँदै गइरहेका समय पत्रकारहरूले आन्दोलनलाई मलजल दिने खालका सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै उनीहरूलाई केही दिन पहिले पक्राउ गरिएको थियो ।”
गोरेत्स्कीले समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा माग गरे । उनले समाचार लेखेकै आधारमा पत्रकारलाई जेलमा राख्न नपाइने भन्दै यस कदमको कडा विरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज