बेलारुसका १० पत्रकारको रिहाइको माग
एजेन्सी । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा राखिएकोमा बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुखले शुक्रबार बताएका छन् । उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पु¥याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन् ।
महासङ्घका उपप्रमुख बोरिस गोरेत्स्कीले भने, “आफ्ना दश सहकर्मी अझै पनि बेलारूसको विभिन्न क्षेत्रहरुमा हिरासतमा रहेका छन् । बेलारूसमा विपक्षीहरूको आन्दोलनले व्यापक रूप लिँदै गइरहेका समय पत्रकारहरूले आन्दोलनलाई मलजल दिने खालका सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै उनीहरूलाई केही दिन पहिले पक्राउ गरिएको थियो ।”
गोरेत्स्कीले समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा माग गरे । उनले समाचार लेखेकै आधारमा पत्रकारलाई जेलमा राख्न नपाइने भन्दै यस कदमको कडा विरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण