भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ ।
मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् ।
सङ्क्रमणमुक्त भएकाहरु मध्ये केही अस्पतालमा उपचार गराईरहेका सङ्क्रमितहरु रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरु रहेका छन् ।
भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना सङ्क्रमणमुक्त भएको उल्लेख गरिएको छ ।
अधिकारीहरुका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या छ लाख ६८ हजार २२० रहेको छ । यो संख्या कुल सङ्क्रमितको २६.४५ प्रतिशत मात्रै हो ।
भारतमा सङ्क्रमणमुक्त हुनेहरुको संख्या जसरी बढीरहेको छ परीक्षण गर्ने क्रम पनि उत्तिकै बढाईएको छ । पछिल्लो २४ घण्टामा आठ लाख ६८ हजार ६७९ जनाको परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म दुई करोड ८५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण