अलिबाबासमेत चीनका अन्य कम्पनीमाथि ट्रम्पले प्रतिबन्ध लगाउन सक्ने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार अलिबाबासमेत चीनका अन्य कम्पनीमाथि पनि दबाब बढाउन सक्ने सम्भावना व्यक्त गरेका छन् । चिनियाँ कम्पनी टिकटकमाथि ट्रम्पले पहिले नै प्रतिबन्ध लगाइसकेका छन् ।
एक पत्रकार सम्मेलनमा जब ट्रम्पलाई अलिबाबासमेत चीनका अन्य केही कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने बारे विचार गरिरहनुभएको छ भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘हो, हामीले अन्य कुरालाई पनि हेरिरहेका छौं ।’
ट्रम्पले चीनको स्वामित्व रहेको कम्पनीमाथि दबाब बनाइरहेका छन् ।
टिकटकमाथि उनले पहिले नै प्रतिबन्ध लगाइसकेका छन् । अमेरिकाले शुक्रबार चीनको कम्पनी बाइटडान्सलाई आदेश जारी गर्दै ९० दिनभित्र टिकटकको काम कारवाही बन्द गर्न आदेश जारी गरेको छ । अमेरिकाले व्यक्तिगत डाटा सुरक्षाको विषयमा यस्तो दबाब दिँदै आएका छन् ।
ट्रम्प चीनको विषयमा पछिल्लो केही समयदेखि लगातार आलोचनात्मक रहेका छन् । यद्यपि, कतिपय अवस्थामा उनले चीनको तारिफ पनि गरेका छन् । सोयाबिन र मकैजस्ता कृषि उतपदनको खरिदको प्रशंसा गर्दै गत वर्ष दुई देशबीच व्यापारिक सम्झौता पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण