सोमबारको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षा
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको जनाएको छ ।
महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक÷दुई स्थानहरुमा वर्षा भइरहेको छ ।
यसैगरी, सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।
यस्तै, रातिदेशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भने, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण