बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित

सोमबार, ०१ भदौ २०७७, १३ : ४४
सोमबार, ०१ भदौ २०७७

पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकार संवेदनशिल नभएको भन्दै आइतबारको बैठक पनि स्थगित भएको थियो । 

सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । कोरोना महामारीका कारण लामो समयसम्म संसद चल्न नसक्ने भन्दै सभामुख अधिकारीले पटक–पटक बैठक सुचारु गर्न सहयोग गर्नको लागि अनुरोध गरेका थिए । 

प्रतिपक्षले उठाएको माग संसदसँग सम्बन्धित नै नभएको र केही प्रक्रिया संसदबाट सर्वसम्मत ढंगले पारित भई सकेको हुँदा छिटै संसद अन्त्य गर्नुपर्ने बाध्यता बुझेर सांसदहरुलाई बैठक सुरु हुन दिनका लागि आग्रह गरेका थिए । सभामुख अधिकारीले पटक–पटक संसद सुचारु गर्नको लागि बस्न आग्रह गर्दा समेत सांसदहरुले नमानेपछि सभामुख अधिकारीले बैठक स्थगित भएको घोषणा गरेका थिए । प्रदेशसभाको अर्को बैठक भदौ ९ गते दिनको १ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप