अष्ट्रेलियाको भिक्टोरिया राज्यका ९९ प्रतिशत संक्रमितको क्वारेन्टिन होटलसँग सम्बन्ध
अष्ट्रेलियाको दक्षिण–पूर्वको राज्य भिक्टोरियाका लगभग सबै संक्रमित विदेशबाट फर्किएका उनीहरुको क्वारेन्टिन होटलसँग सम्बन्ध रहेको पत्ता लागेको छ ।
राज्यले गरेको अनुसन्धानमा क्वारेन्टिन होटलका सुरक्षाकर्मीलाई अनुपयुक्त प्रशिक्षण दिइएको पनि पत्ता लागेको छ ।
अष्ट्रेलियाको मिडियामा प्रकाशित समाचारका अनुसार त्यहाँका सुरक्षाकर्मीलाई १.५ मिटरको सामाजिक दुरीको पालना गरे मास्क र अन्य सुरक्षाका उपाय अपनाउन नपर्ने भनेर तालिम दिइएको थियो ।
संक्रमणको दोस्रो लहरका कारण भिक्टोरिया हाल लकडाउनको स्थितीमा छ ।
भिक्टोरियाको सबैभन्दा ठूलो शहर तथा राजधानी सहर मेलबर्नमा अगस्ट २ तारिखदेखि ६ हप्ताका लागि ‘चौथो चरण’ को प्रतिबन्ध लागू गरिएको छ ।
सोमबार भिक्टोरियामा २५ जनाको मृत्यु भएको छ भने २ सय ८२ नयाँ संक्रमित भेटिएका छन् । राज्यमा महामारी देखिएपछिको यो एक दिनभित्रको सर्वाधिक संख्या हो ।
मार्चको अन्त्यमा अष्ट्रेलियाको संघीय सरकारले विदेशबाट स्वदेश फर्किएका प्रत्येक नागरिकका लागि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको थियो । क्वारेन्टिनका यी कार्यक्रमहरु राज्य आफैंले सञ्चालनमा ल्याएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण