अष्ट्रेलियामा सबै नागरिकलाई निःशुल्क दिइनेछ अक्सफोर्डको कोरोना भ्याक्सिन
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार देशमा कोरोनाको भ्याक्सिनको उत्पादन गरिने र सबै नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार प्रधानमन्त्रीले स्विडिश–बेलायती कम्पनी एस्ट्राजेनिकासँग अष्ट्रेलियाले सम्झौता गरेको छ जसमार्फत् अक्सफोर्डले बनाएको भ्याक्सिन अब उसले पाउनेछ ।
उनले भने, ‘हाल अक्सफोर्डको भ्याक्सिन संसारको सबैभन्दा उन्नत र विश्वासिलो भ्याक्सिन हो । कम्पनीसँग सम्झौता अनुरुप हामीले आफ्ना सबै नागरिकका लागि अब यो भ्याक्सिन सुनिश्चित गरेका छौं ।’
यदि यो भ्याक्सिन प्रभावकारी प्रमाणित भए ठूलो परिमाणमा यसको उत्पादन गरिने र सबै २५० लाख अष्ट्रेलियाली नागरिकसम्म निःशुल्क पुर्याइने प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
अक्सफोर्डद्वारा बनाइएको भ्याक्सिन संसारका ती पाँच भ्याक्सिनमध्ये एक हो जसको तेस्रो चरणको ट्रायल चलिरहेको छ र अनुसन्धानकर्तालाई आशा छ कि यो वर्षको अन्त्यसम्म यसको नतिजा पनि सार्वजनिक हुनेछ ।
प्रधानमन्त्रीका अनुसार उनको सरकारले अन्य थप सम्भावित भ्याक्सिन बनाइरहेको समूहसँग पनि सम्पर्क गरिरहेको छ र देशभित्र पनि वैज्ञानिकले उनीहरुको कोसिसमा मद्दत गरिरहेका छन् ।
यद्यपि, अहिलेसम्म एस्ट्राजेनिकासँग भ्याक्सिनको मूल्य कति निश्चित गरिएको छ र अष्ट्रेलियामा यसको उत्पादन कसले गर्नेछ भन्नेबारे अहिलेसम्म सहमति बन्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण