हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति
बुधबार, ०३ भदौ २०७७, १८ : ०१
वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ । अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो ।
नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ । कोरोनाभाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी दुई देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो ।
अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उठान सेवा बृद्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण