सिराहामा कुटपिटबाट एक महिलाको मृत्यु
सिरहा । सिराहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका– ५ बेलदरी टोलकी ५४ वर्षीया सीतादेवी राउतको कुटपिटपछि टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
गाउँमै आरसिसी सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा सीतादेवीमाथि कुटपिट भएको स्थानीयले बताएका छन् । कुटपिटबाट स्थानीय विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमर राउत समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न स्थानीय बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखादेवी राउतलाई पक्राउ गरेको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिराहामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण