सिराहामा कुटपिटबाट एक महिलाको मृत्यु

सिरहा । सिराहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका– ५ बेलदरी टोलकी ५४ वर्षीया सीतादेवी राउतको कुटपिटपछि टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
गाउँमै आरसिसी सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा सीतादेवीमाथि कुटपिट भएको स्थानीयले बताएका छन् । कुटपिटबाट स्थानीय विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमर राउत समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न स्थानीय बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखादेवी राउतलाई पक्राउ गरेको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिराहामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मिस नेपालको खोजी सुरु
-
लुम्बिनी प्रदेशमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण
-
पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री पाण्डे
-
१० बजे १० समाचार : माधवलाई धक्कादेखि संसद बन्धकसम्म
-
वाईसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलनमा जुटेन सहमति, शुक्रबार निर्वाचन हुने
-
तीनकुने प्रकरणमा १५ जना सरकारी वकिलले बहस गरे