अमेरिकामा कोरोना संक्रमितको मामिलामा कमीको संकेत
अमेरिकामा कोरोनाभाइरसका नयाँ मामिलामा कमी देख्न थालिएको छ । यद्यपि, यो कमीको कारणबारे कुनै एकमत भने देखिएको छैन ।
जोन होपकिन्स युनिभर्सिटीको आँकडाका अनुसार अमेरिकामा पछिल्लो एक हप्तामा ४७ हजार ३ सय नयाँ संक्रमित देखिएका छन् । २२ जुलाईको हप्तामा औसतमा साप्ताहिक संक्रमण ६७ हजार ३ सय १७ थियो । जबकि १७ जुलाईमा एकै दिन ७५ हजारभन्दा बढी रेकर्ड स्तरको संक्रमित फेला परेका थिए ।
अमेरिकामा कोरोनाभाइरसको परीक्षणको नेतृत्व गरिरहेका ह्वाइट हाउस फिजिशियन ब्रेट गिरोयरले अब अमेरिकामा संक्रमण सही दिनमा अघि बढिरहेको बताएका छन् ।
उनका अनुसार संक्रमितको संख्यामा कमी आउनुको कारण फेस कभरको प्रयोग र सामाजिक दुरीको प्रावधानको पालना गर्नु हो ।
तर केही विश्लेषकका अनुसार अमेरिकामा संक्रमितको संख्यामा कमी आउनुको कारण परीक्षणमा भएको कमी हो । अटलान्टिक कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकाको दक्षिण हिस्सामा संक्रमितको संख्या बढिरहेको छ तर त्यहाँ परीक्षण अचानक कम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण