बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिसिटी अस्पतालले पनि सुरु गर्यो पीसीआर टेष्ट सेवा

सोमबार, ०८ भदौ २०७७, १३ : ३२
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पीसीआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पीसीआर टेष्ट सेवा शुरु भएको छ । 

विश्वमा उत्कृष्ट पीसीआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले बताए । 

विगत केहि महिनादेखिको प्रयास पश्चात सफल रुपमा जडित पीसीआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको छ । 

पीसीआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१–४२१७७६६ मा सम्पर्क गर्न सकिन्छ ।
 
स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताए । उनले ओपीडीमार्पmत आउने र भर्ना भएका बिरामीका लागी पीसीआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गरे ।

साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शूल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप