क्वारेन्टिन नियम तोडेको भन्दै अष्ट्रेलियामा एक महिलालाई ६ महिना जेल सजाय
कोभिड–१९ बारे संसारभरीका केही संक्षिप्त जानकारी यस्ता छन्ः
– अमेरिकाको अलबामा विश्वविद्यालयमा कक्षा सुरु भएको एक हप्तापछि कोभिड–१९ का ६ सय ६६ संक्रमित फेला परेका छन् । मार्चमा वसन्तको छुट्टीपछि गत हप्ता २० हजारभन्दा बढि विद्यार्थी विश्वविद्यालय आउन सुरु भएका थिए ।
– नयाँ आँकडा अनुसार भारतको राजधानी दिल्लीमा गत हप्ता कोरोनाभाइरस संक्रमणमा एक चौथाई वृद्धि भएको छ । १८ देखि २४ अगस्टबीच ९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए जबकी त्यसको अघिल्लो हप्तामा ७ हजार २ सय संक्रमित फेला परेका थिए ।
– अर्जेन्टिनामा पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १३ संक्रमित देखिएका छन् भने ३ सय ८१ को मृत्यु भएको छ । यस्तै राजधानी ब्यूनस आयर्समा क्वारेन्टिनको नियम कडा गरिएको छ । अधिकारीले नयाँ संक्रमण र अन्य क्षेत्र फैलने विषयमा चेतावनी दिएका थिए ।
– क्वारेन्टिन नियम तोडेको भन्दै अष्ट्रेलियामा एक महिलालाई ६ महिनाको जेल सजाय तोकिएको छ । २८ वर्षीय महिलालाई अत्यधिक प्रभावित भिक्टोरिया क्षेत्रबाट पश्चिमी अष्ट्रेलिया जाने अनुमति दिइएको थियो जहाँ उनी १४ दिनसम्म होटलमा क्वारेन्टिनमा नबसेपछि उक्त सजाय तोकिएको हो ।
– कोभिड–१९ का संक्रमित बढेका कारण दक्षिण कोरियाको सियोलमा ११ सेप्टेम्बरसम्म स्कूल बन्द गरिएको छ । यहाँ दुई हप्तामा २ सय बढी बालबालिका र कर्मचारी संक्रमित भएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण