अमेरिकी विदेशमन्त्री र दुबईका युवराजबीच कुराकानी
अबुधावी । दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । युएई सैनिकको उपसर्वोच्च कमाण्डर समेत रहेका नह्यानसँग अमेरिकी विदेशमन्त्रीले दुई देशको आपसी सम्वन्ध र सहकार्यका बारेमा कुराकानी गरेका हुन् ।
टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ । साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उनीहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो । त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उनीहरुले कुराकानी गर्नुभएको जनाइएको छ ।
दुई नेताले गल्फ कोअप्रेसन काउन्सिल र मध्यपूर्व क्षेत्रमा कोरोनाले पारेको असरका बारेमा पनि समीक्षा र चर्चा गरेका थिए । उनीहरुले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि आआफ्नो तर्फबाट प्रयास जारी राख्ने अठोट पनि व्यक्त गरेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण