भाइरस र आँधी विरुद्ध तयार रहन किम जोङको आह्वान
सोल । उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता अनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् ।
उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि मंगलबार दिएका थिए । सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन् । दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताउनुभएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ ।
उनले आँधीका कारण हुने क्षती न्युनिकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन् । अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउन लागेको हो ।
दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । कोरोना र आँधीसँग जुद्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाबाट घर फर्केकाहरूको कथा समेटेर ‘फोटो प्रदर्शनी’
-
माइक्रोफाइनान्सबाट बैंकहरु बाहिरिएर एसएमई कर्जा बिस्तारमा जानुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
-
सलमानको ‘सिकन्दर’ मा रश्मिका मन्डन्नाको इन्ट्री
-
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री
-
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने