आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या
काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् ।
ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे ।
‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेका हुन्,’ प्रवक्ता पौडेलले भने, ‘घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
‘आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’
आपूर्ति तथा परिवहन गणमा कार्यरत ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी हो ।
उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण