अमिताभ बच्चनले खरिद गरे नयाँ विलासी कार, गर्न थालियो ट्रोल
बलिउडका महानायक अमिताभ बच्चन विलासी कारका शौखिन छन् । हालै उनले अर्को एउटा नयाँ विलासी मर्सिडीज एस–क्लास कार खरिद गरेका छन् । यसका केही तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । फोटोमा अमिताभ बच्चन कारसहित पोज दिइरहेको देखिएका छन् तर कोरोना कालमा अमिताभले कार खरिद गर्नु सोसल मिडिया प्रयोगकर्तालाई मन परेन र उनीहरुले बिग बीलाई ट्रोल गर्न सुरु गरे ।
एक प्रयोगकर्ताले लेखे, ‘यस्तो लाग्छ अमिताभ बच्चनसँग गाडीको कमी छ । एक सोनू सूद छन्, जसले सबैको मद्दत गरिरहेका छन् । हुन त उनको पैसा, उनकै मर्जी हो । हामी को हौं र भन्ने । ’
अर्का प्रयोगकर्ताले लेखे, ‘के देखावटी गरिरहनुभएको हो ? ’
अर्का एक प्रयोगकर्ताले कमेन्टमा लेखे, ‘यी महानायक बन्छन् र सुशान्त सिंह राजपूतको विषयमा एउटा पोस्ट पनि लेख्दैनन् ।’
यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यत्रो पैसा छ भने दान किन गर्दैनौ ?’
रिपोर्टका अनुसार यो काल हालै भारतमा लञ्च भएको हो र अमिताभलाई यो यत्ति मन पर्यो कि उनले तुरुन्तै किनिहाले । अमिताभको यो नयाँ कारको मूल्य १ करोड ३८ लाख भारु बताइएको छ ।
स्मरण रहोस्, कोरोनालाई मात दिएपछि अमिताभले कौन बनेगा करोडपति १२ को सुटिङ सुरु गरिसकेका छन् । यसको जानकारी उनले ट्वीटरमा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण