कोरोना सङ्क्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु
रुपन्देही । बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको ती अस्पतालले जनाएको छ ।
उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण देखिएपछि बुधबार राति नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसोलेशनमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ४ बजे उनको मृत्यु भएको अस्पतालका कोरोना स्रोत व्यक्ति एंव वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
यसैगरी कलेजो र फोक्सोमा निमोनियाको समस्या देखिएपछि उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका ती पुरुषको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए ।
उनकाअनुसार योसँगै नगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या दुई पुगेको छ । यसअघि वडा नं. ७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण