चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित
एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए ।
उनका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले उनको भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाँडै नै सार्वजनिक गर्नेछन् । पाकिस्तानको गिजा महलमा भएको पत्रकार सम्मेलनमा उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङ पाकिस्तान भ्रमणमा आउने तयारी भएको जानकारी दिए ।
चीनका र भारतका बीचमा सिमा विवाद भइरहेका बेला उनको भ्रमण तय भएको र दुई देशको विवाद कायमै रहेका बेला विवादमा मुछिएको एउटा देशका प्रमुख अर्को तेस्रो देशको भ्रमणमा जान लागेको विषयलाई चासोका साथ हेरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण