ललितपुर जिल्ला प्रशासन घेराउ गर्न पुगेका युवकलाई प्रहरीले रोक्यो
काठमाडौं । ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन ।
विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।
गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुलचोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण