सामाजिक सञ्जालबाट अपमान गर्नेलाई कारवाही गर्न महासंघको माग
काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पु¥याउने र अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । महासङ्घले बागलुङ शाखाका पूर्वअध्यक्ष एवं एभिन्यूज टेलिभिजनका सम्वाददता राजेशचन्द्र राजभण्डारी, शाखा कार्यसमितिका सहसचिव एवं माउन्टेन टेलिभिजनका सम्वाददाता सुवास आचार्य र ई–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेको व्यक्तिगत र पेशागत चरित्रमा आँच आउने गरी सामाजिक सञ्जालमार्फत पोष्ट गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै कारवाहीको माग गरेको हो ।
“महासङ्घ बागलुङ शाखाका अनुसार भाद्र १८ र २१ गते बागलुङ नगरपालिका–४ कुँडुले फेँदी निवासी चन्द्रकान्त पौडेलले सामाजिक सञ्जाल (फेसबुक) मार्फत तस्वीरसहित पत्रकारत्रयलाई आफूले कारबाही गर्न अनुरोध गरेको र केन्द्रीय नेतृत्वले महासङ्घको सदस्यता नरहने गरी कारबाही गर्ने आश्वासन दिएको भनेर पोष्ट गरेका थिए”, महासङ्घद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण