सर्वसाधारणलाई खाना खुवाउन रत्नपार्क पुगिन् अभिनेत्री बेनिशा
काठमाडौं – सरकारले जारी गरेको निषेधाज्ञाका कारण सर्वसाधारणलाई खान समेत समस्या परेको छ । त्यसैले पनि काठमाडौको रत्नपार्कमा अहिले हरेक दिन विहान बेलुका खाना खान सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । त्यहाँ विभिन्न संघसंस्थाले उनीहरुलाई खाना खुवाउने गरेका छन् ।
यस्तैमा अभिनेत्री बेनिशा हमालले पनि सोमवार रत्नपार्क पुगेर त्यहाँ उपस्थित सबैलाई खाना खुवाएकी छन् । उनले रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा त्यहाँ खाना खुवाएकी हुन् ।
उनले खाना खुवाइरहेको तस्विर सामाजिक संजालबाट समेत सार्वजनिक गरेकी छन् । तस्बिरका साथ उनले मंगरबार पनि रत्नपार्कमा खाना बाँड्ने उल्लेख गरेकी छन् । ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन’ उनले अगाडि लेखेकी छन् ।

रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या भएर रत्नपार्कमा जम्मा हुनेलाई रोयल कोल्याबोरेटिम्स, अभिनेत्री बेनिशाका अलवा गायक सुशिल अधिकारीले पनि खाना खुवाइरहेका छन् । सुशिलले निषेधाज्ञायता दैनिक खाना खुवाउदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण