कोरोना विशेष अस्पताल बुटवलमा कपिलबस्तुकी महिलाको मृत्यु
सोमबार, २९ भदौ २०७७, ०९ : ०६
बुटवल – कोरोना बिशेष अस्पतालमा बुटवलमा थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमले दिएको जानकारी अनुसार अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार गर्दागर्दे आज बिहान मृत्यु भएको हो ।
उनी मिर्गौला रोगबाट पीडित रहेकोले डायलासिस भइरहेको डा. गौतमले बताए । योसगै कोरोना विशेष अस्पलामा मृत्यु हुनेको संख्या १४ रहेको छ । शव व्यवस्थापन सेनाले गर्ने तयारी गरेको अस्पतालका फोकल पर्शन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि गोली प्रहार गर्ने अझै पक्राउ परेनन्
-
पानी खान नपाएपछि गोरखाका उपभोक्ता रित्तो गाग्री लिएर सीडीओ कार्यालयमा
-
यस्तो छ ‘फर्की फर्की’को नयाँ गीत ‘अन्तिम माया’
-
हुम्ला जोड्ने सडक : बजेट ६५ करोडको, १० महिनामा काम भयो ८ करोडको
-
मटिहानीका अग्नि पीडितलाई विशेष राहत प्रदान गर्न कांग्रेस र तमलोपाको माग
-
‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो