काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुईजना पक्राउ
काठमाडौं । राजधानीको स्वयम्भूबाट १० किलो गाँजाको धुलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका–५ घर भएका २७ वर्षीय सागर लामा छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्रेको हो । लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी निरन्जनदत्त भट्टले रातोपााटीलाई जानकारी दिए ।
भगवानपाउ तर्फ आउँदै गरेको बा.२ज ५७०९ नम्बरको ट्याक्सीमा गाँजा कारोबारी चढेको सुराकको आधारमा स्वयम्भू प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अपरेशन चलाएका थिए ।
ट्याक्सीलाई नियन्त्रणमा लिएर सर्च गर्दा सुवर्ण र सागरको साथमा धुलो गाँजा फेला परेको थियो । गाँजा कारोबारमा संलग्नहरुले सो गाँजा मकवानपुरको पालुङबाट ल्याएको प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण