शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले भन्यो– ‘त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेश निषेध’

मङ्गलबार, ३० भदौ २०७७, १९ : ३२
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा सो विश्वविद्यालयका उप–कुलपति, शिक्षाध्यक्ष र रजिष्टारलाई प्रवेश गर्न निषेध गरिएको दावी गरेको छ ।   पदाधिकारीको लापरवाहीका कारण त्रिविका झण्डै चार लाख विद्यार्थिहरुको शैक्षिक सत्र गुम्न लागेको हुनाले सचेत गराउन प्रवेशमा रोक लगाइएको नेविसंघ विश्वविद्यालय समितीका अध्यक्ष हरि आचार्यले रातोपाटीलाई बताए । 

कोभिड–१९ को जोखिमका बावजुद विश्वका विभिन्न विश्वविद्यालयले पठन–पाठन गरेर बैकल्पिक विधिबाट परीक्षा सञ्चालन गरेको तर त्रिविले फगत प्रचार मात्र गरेर विद्यार्थीको हितमा काम नगरेको नेविसंघको आरोप छ । 

विश्वविद्यालय पदाधिकारी  नियुक्त भएको १ वर्ष हुन लाग्दा विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको प्रयास नगरेको अध्यक्ष आचार्यले बताए ।  उनले भने– ‘विभागिय प्रमुख नियुक्तिमा पनि मनपरी ढंगले नियुक्ति गरेर नियमको खिल्ली उडाइएको छ ।’  

बैकल्पिक विधिको शिक्षा शुरु गर्ने नाममा उपकरण  र सफ्टेयर खरिदमा भ्रष्टाचार गरेको नेविसंघले दावी गरेको छ । विद्यार्थीको मागलाई पदाधिकारीले बेवास्ता गरेको  र सुधारको कुरा उठाउँदा विद्यार्थीका अगुवालाई पक्राउ गरिएको भन्दै नेविसंघले विज्ञप्तीमार्फत भनेको छ– ‘त्रिवि हातामा प्रवेश गरेमा पदाधिकारीलाई कारवाही गर्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप