नेविसंघले भन्यो– ‘त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेश निषेध’
काठमाडौं । नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा सो विश्वविद्यालयका उप–कुलपति, शिक्षाध्यक्ष र रजिष्टारलाई प्रवेश गर्न निषेध गरिएको दावी गरेको छ । पदाधिकारीको लापरवाहीका कारण त्रिविका झण्डै चार लाख विद्यार्थिहरुको शैक्षिक सत्र गुम्न लागेको हुनाले सचेत गराउन प्रवेशमा रोक लगाइएको नेविसंघ विश्वविद्यालय समितीका अध्यक्ष हरि आचार्यले रातोपाटीलाई बताए ।
कोभिड–१९ को जोखिमका बावजुद विश्वका विभिन्न विश्वविद्यालयले पठन–पाठन गरेर बैकल्पिक विधिबाट परीक्षा सञ्चालन गरेको तर त्रिविले फगत प्रचार मात्र गरेर विद्यार्थीको हितमा काम नगरेको नेविसंघको आरोप छ ।
विश्वविद्यालय पदाधिकारी नियुक्त भएको १ वर्ष हुन लाग्दा विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको प्रयास नगरेको अध्यक्ष आचार्यले बताए । उनले भने– ‘विभागिय प्रमुख नियुक्तिमा पनि मनपरी ढंगले नियुक्ति गरेर नियमको खिल्ली उडाइएको छ ।’
बैकल्पिक विधिको शिक्षा शुरु गर्ने नाममा उपकरण र सफ्टेयर खरिदमा भ्रष्टाचार गरेको नेविसंघले दावी गरेको छ । विद्यार्थीको मागलाई पदाधिकारीले बेवास्ता गरेको र सुधारको कुरा उठाउँदा विद्यार्थीका अगुवालाई पक्राउ गरिएको भन्दै नेविसंघले विज्ञप्तीमार्फत भनेको छ– ‘त्रिवि हातामा प्रवेश गरेमा पदाधिकारीलाई कारवाही गर्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण