ललितपुरमा १७ मिनेटभित्र गहना किने, बिल बनाउन लाग्दा नक्कली पैसा दिएर फरार
काठमाडौँ । ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको भेटिएको छ । बिहीबार उक्त ज्वलेर्सबाट प्रहरीले ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ ।
सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालकाअनुसार सुन किन्न आएका ग्राहकले ५ लाख रुपैयाँ दिएर तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेका छन् । उनीहरुले १/१ लाखको पाँचवटा बण्डल दिएका थिए ।
पैसाको बण्डलको अगाडि र पछाडि सक्क्ली नोट भएपनि बीचमा नक्कली नोट राखिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले बताए ।
‘१७ मिनेटमा काम सकेर पसलबाट बाहिरिका थिए,’ पसल सञ्चालकले रिजालले भने, ‘बिल बनाउँदै गर्दा सुन किन्न आएका उनीहरु एकाएक फरार भए ।’
पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको बेला सुन किन्न भनेर आएका उनीहरु भागेको रिजालले प्रहरीसमक्ष बताएका छन् । फरार उनीहरुको खोजीकार्य भइरहेको ललितपुर परिसरका डीएसपी सन्तोष तामाङले बताए ।
बिल बनाउँदै गर्दा एकाएक फरार भएपछि सञ्चालक रिजालले प्रहरीलाई सूचना दिएका थिए । प्रहरी घटनास्थलमा पुगेर सीसीटिभी फुटेज हेरेको थियो । सीसीटिभी फुटेजमा हेल्मेट लगाएका २ जना मोटरसाकइल चढेर भागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण