चीनमा जासुसीको आरोपमा अमेरिकी प्रहरी पक्राउ
अमेरिकाको न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी) का एक अधिकारीमाथि चीनको अवैध एजेन्टको रुपमा काम गरेको आरोप लागेको छ ।
तिब्बतमा जन्मिएका बेमाडाजिए अङ्गवाङ्गले न्यूयोर्कमा भएका चिनियाँ नागरिकको गतिविधिमाथि निगरानी गरेको र योसँग सम्बन्धित जानकारी रिपोर्ट गरिरहेको आरोप लागेको छ । उनीमाथि तिब्बती समुदायबीच गोप्य जानकारी जुटाउनका लागि सम्भावित स्रोतबारे पत्ता लगाएको आरोप पनि छ ।
एनवाइपीडीको सामुदायिका मामिलाको युनिटका लागि काम गर्ने बेमाडाजिए अङ्गवाङ्गले अमेरिकी नागरिकता लिएका छन् । उनलाई सोमबार पक्राउ गरिएको थियो । यदि उनी दोषी पाइए उनलाई ५५ वर्षसम्म कैद सजाय सुनाइने सम्भावना छ ।
अभियोजन पक्षका अनुसार उनी ‘यूएस आर्मी रिजर्व’ का लागि पनि नागरिक मामिलाका विशेषज्ञको रुपमा काम गर्छन् । उनीमाथि चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारी सम्पर्क भएको आरोप लगाइएको छ ।
उनीमाथि शहरमा भएका तिब्बतीहरुबारे जानकारी दिने बाहेक उनले कथित रुपमा चिनियाँ वाणिज्य दूतावासलाई एनवाईपीडीको आधिकारिक कार्यक्रमको निम्तो दिएर उनको पहुँच विभागका वरिष्ठ अधिकारीसम्म सुनिश्चित गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण