विद्युत प्राधिकरणको जीप बाढीले बगायो, चालकको मृत्यु, कार्यालय प्रमुखसहित २ जना बेपत्ता
बुटवल । कपिलबस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण कोइली खोलामा आएको बाढीले बुधबार दिउँसो जीप बगाउँदा एकजनाको मृत्यु भएको भएको र दुईजना बेपत्ता भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले रातोपाटीलाई जानकारी दिए ।
मृत्यु हुनेमा जिप चालक ३५ वर्षीय माधवप्रसाद पाण्डे रहेका छन् भने वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र अर्का स्थानीय केशव भाटक्षेत्री रहेका छन् । वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा. १ च. १०८९ पजेरो जीप बगाएको प्रमूख जिल्ला अधिकारी पौडेलले बताए ।
पानीको बहाव धेरै भएकोले गाडी बगाएको र दुर्घटना हुनुभन्दा पहिले नै अन्य ३ जनाले भने हाम फालेर ज्यान बचाएका छन् । चालक पाण्डेको शव भेटिएको छ भने वेपत्ताहरुको खोजविनका लागि थप सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रमुख जिल्ला अधिकारी पौड्यालले आज रातभर बेपताहरुको खोजी गर्ने बताए । विद्युतका कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण