सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ९ सय ९१ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।
बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो ।
सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१०, र कंचनपुर ३७ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ३५, कंचनपुर का १,डोटीका १७,अछामका २६, जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।
कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अछाम १, बझाङ्ग २, बाजुरा २ र कैलाली मा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको उनले बताए ।
योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७८१ पुगेको छ । बिभिन्न अस्पताल बाट थप १४ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७२४ पुगेको उनले बताए ।
त्यसैगरी बिभिन्न अस्पतालहरुमा ५० कोरोना संक्रमितको उपचार भईरहेको छ ।
कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुर ९, महाकाली १३, अछाम १०, डोटी २, र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन् ।
प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन । सो बेडमा २ सय ९७ पुरुष र १ सय ३३ जना महिला र होम आईसोलेसनमा १ सय ८८ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिँह काक्रीको भनाई छ ।
७९ हजार ४४१ नमुना जाच मध्य ६ हजार ७८४ जनामा संक्रमण फेला परेको छ भने ७२ हजार ६५७ नमुना भने नेगेटिभ आएको छ । अझै १ हजार ३ नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री
-
वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
-
मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी
-
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण