वेटर थिइन् सोनम कपूर, चार दिनभित्रै कामबाट निकालिएको थियो
बलिउडकी नायिका सोनम कपूरको जन्मदिन जून ९ तारिखमा पर्छ । उनी शुक्रबारबाट ३२ वर्ष पुगेकी छिन् । आफ्नो अभिनय कलासँगै उनी निकै टाढा आइपुगेकी छिन् । फिल्म ‘नीरजा’ का लागि उनलाई नेशनल अवार्डबाट पनि सम्मानित गरिएको थियो ।
भर्खरै जन्मदिन मनाएकी सोनमको जीवनसँग जोडिएका केही रोचक कुराबारे जानकारी लिऔं ।
सोनमले पहिलो जागिर सिंगापुरको एक रेष्टुरेन्टमा वेट्रेसको रुपमा गरेकी थिइन् । यद्यपी, उनलाई चारदिन पछि कामबाट निकालिएको थियो ।
सोनमले एक च्याट शोको क्रममा १८ वर्षको उमेरदेखि नै आफूले अभिभावकसँग एक रुपैयाँ पनि नलिएको बताएकी थिइन् ।
सोनमलाई उचाईंसँग डर लाग्छ तर न्यूजिल्याण्डमा स्काइडाइविङ गरेर उनले आफ्नो उक्त डरलाई हटाइन् ।
सोनमले सिमी गरेवालको च्याट शोमा कुराकानी गर्दै उनी लिभ इन रिलेशन कहिले निष्कर्षसम्म नपुग्ने भएकाले यसमा विश्वास नगर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म विवाहमा विश्वास राख्छु ।’
सोनमका अभिभावकले उन
का लागि कहिले पनि डिजाइनर सामग्री खरिद गरेका थिएनन् । ‘सांवरिया’ फिल्मपछि उनले लण्डनमा आफ्नो लागि पहिलो पटक डिजाइनर ब्याग खरिद गरेकी थिइन् ।
सोनम निकै राम्रा कविता पनि लेख्ने ग
र्छिन् । १६ वर्षको उमेरमा उनले लेखेको ‘एम्बीसन’ नामको कविताले निकै चर्चा कमाएको थियो ।
सोनमका पहिलो प्रेमी डच नागरिक थिए ।
सोनमले आफ्नो जिब्रो छेडेकी थिइन् तर
‘सांवरिया’ का लागि उनले यसलाई हटाउनु पर्यो ।
सोनम जब १९ वर्षकी थिइन् तब उनका
प्रेमीले उनको तौल बारे हास्यास्पद टिप्पणी गरेका थिए । त्यसपछि सोनमले उनीसँग ब्रेकअप गरेका थिए ।
पछि सोनमले आफ्नो तौल नियन्त्रण ग
र्नका लागि निकै गाह्रो तालिम लिइन् र फिल्ममा आउनुभन्दा पहिले सोनमले ३५ किलो तौल कम गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण