डा.केसीका माग र स्वास्थ्यस्थितिबारे चासो नदिनु अमानवीयताको पराकाष्ठा: बाबुराम भट्टराई
बुधबार, १४ असोज २०७७, १९ : ३९
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले डा.गोविन्द केसीले उठाएका जायज मागप्रति राज्यले चासो नदिनु अमानवीयताको पराकाष्ठा भएको बताएका छन् । नेता भट्टराईले बुधबार ट्वीटरमार्फत डा.केसीका जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिबारे राज्यले कुनै चासो नदिएको आरोप लगाएका हुन् ।
नेता भट्टराईले भनेका छन्ः ‘अरुको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ । १९ औं सत्याग्रहको १७ औं दिनसम्म राज्यले उहाँको जायज माग र जोखिमयुक्त स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो ।’ नेता भट्टराईले सरकारलाई यो विषयमा आँखा खोल्न आग्रह गरेका छन् ।
डा.केसीले सुरु गरेको १९ सत्याग्रह १७ दिन पुगेको छ । उनी केही दिनअघि जुम्लाबाट काठमाडौं आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण