डा.केसीका माग र स्वास्थ्यस्थितिबारे चासो नदिनु अमानवीयताको पराकाष्ठा: बाबुराम भट्टराई
बुधबार, १४ असोज २०७७, १९ : ३९

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले डा.गोविन्द केसीले उठाएका जायज मागप्रति राज्यले चासो नदिनु अमानवीयताको पराकाष्ठा भएको बताएका छन् । नेता भट्टराईले बुधबार ट्वीटरमार्फत डा.केसीका जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिबारे राज्यले कुनै चासो नदिएको आरोप लगाएका हुन् ।
नेता भट्टराईले भनेका छन्ः ‘अरुको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ । १९ औं सत्याग्रहको १७ औं दिनसम्म राज्यले उहाँको जायज माग र जोखिमयुक्त स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो ।’ नेता भट्टराईले सरकारलाई यो विषयमा आँखा खोल्न आग्रह गरेका छन् ।
डा.केसीले सुरु गरेको १९ सत्याग्रह १७ दिन पुगेको छ । उनी केही दिनअघि जुम्लाबाट काठमाडौं आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीबारे १० रोचक तथ्य
-
एउटा सिनमा २२ टेक दिनुपर्दा वर्षालाई ज्वरो..
-
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष