बैशाखयता विपदका घटनामा परेर ४०२ जनाको मृत्यु
काठमाडौं । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५ महिनाको अवधिमा बाढी, पहिरो र चट्याङ लागेर त्यति धेरैजनाको मृत्यु भएको हो । प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म ४३९ जना घाइते भएका छन् भने १०१ जना बेपत्ता भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार पहिरोमा परेर मृत्यु हुनेको संख्या २२५, बेपत्ता हुनेहरुको संख्या ६४ र घाइते हुनेहरुको संख्या २२३ रहेको छ । त्यस्तै बाढीमा परेर मृत्यु हुनेहरुको संख्या ४२, घाइतेको संख्या ११ र बेपत्ता हुनेहरुको संख्या ३७ रहेको छ भने चट्याङ लागेर मृत्यु हुनेहरुको संख्या ६५ जना रहेको छ ।
चट्याङ लागेर २०५ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार गत २४ घण्टामा देशभर ९ वटा विपदका घटना भएका छन् । प्राधिकरणका अनुसार आगामी ३ दिन मुलुकभर हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण